दफा ९३
कसूरको प्रमाण दवाउन नहुने

(१) कसैले कुनै कसूरदारलाई बचाउने नियतले निजले गरेको कसूर सम्बन्धी कुनै प्रमाण दबाउन, नष्ट गर्न वा त्यसलाईप्रमाणको रुपमा प्रयोग गर्न नसकिने गरी बिगार्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबानाहुनेछ ।